
काठमाडौं । पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानमा लोक गायिका निरा छन्त्यालको निधन भएको छ । बाग्लुगंकी छन्त्या ल पोखरा जानका लागि विमानस्थलबाट यति एयरको विमानबाट उे डकी थिइन् ।
उनले फेफेुबुकमा तस्विर सार्वजनिक गर्दे स्टाटसल ले खेकी थिइन् ।गायिका निराले काठमाडौंबाट जहाज चढ्नु अघि बागलुङ घरमा फोन गरेर म पोखरा आउँदैछु ममि भनेकी रहेछ । तर, पोखरा आ काशमै अस्ताइन् लोकदोहोरी गायिका निरा छन्त्याल ।
उनले शनिबार छन्त्याल भवन काठमाडौंमा गरेको रमाइलो पछि आज (आइतबार)का लागि पोखरामा रमाइलो गर्नुपर्छ भन्दै फेस बुकमा तस्बिर सार्वजनिक गरेकी थिइन् ।
वमानस्थलमा अवतरण गर्नुभन्दा केही सेकेण्ड अगाडि विमान पोख राको घारेपाटनस्थित सेती नदीको खोचमा दुर्घटनाग्रस्त भएको छ । उनको अवस्थाबारे अहिलेसमम जानकारी आएको छैन ।
उड्नु अघि आज बिहान फेसबुकमा फोटो शेयर गर्दै माघे सक्रान्तिको शुभकामना दिएकी थिइन् ।उनले लेखेकी थिइन् ‘माघे सङ्क्रान्तिको पावन अवसरमा देश तथा विदेशमा रहनुहुने सम्पूर्ण आमाबुवा, दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।’ अहिले उनी दुर्घटना परेको खबर सँगै उनका शुभचिन्क र फ्यानहरु दुखी भएका छन् ।
गायिका छन्त्यालको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआए पनि यात्रुहरूको सूचीमा उनको नाम समावेश रहेको छ ।उनी माघे सङ्क्रान्तिका अवसरमा पोखरामा आयोजना हुने कार्यक्रमका लागि प्रस्थान गरेकी थिइन् ।