काठमाडौं / प्रत्यक्ष दोहोरीमा चर्चित गायक राजु परियार सँगको घम्साघम्सीमा निराले जवाफ फर्काउनुभएको थियो
‘हे… सब मरिन्छ, त्यही अन्तिम वर्षमा बाँचुञ्जेली बाँ चम् न हर्षमा…’ जीवनलाई खुसीसाथ जिउनुपर्छ भन्ने उनै निरा आफन्त र शुभेच्छुकलाई शोकमा छाडेर आफूचाहिँ भौतिक संसारबाट अलप हुनुभएको छ ।
ख्यालख्यालमै गाएको गीत आफ्नै जीवनमा मेल खान आइपुग्यो ।लोकदोहोरी क्षेत्रमा जबर्जस्त उदाउनुभएकी गायिका छन्त्यालले असमयमै मृत्युवरण गर्नुप¥यो ।गत वर्ष उहाँ आफैँले गाएको गीतले भनेझैँ, निराका लागि यो वर्ष (२०७९) नै अन्तिम बन्यो ।
न अब कतै युट्युबका भित्ता, न मेला, महोत्सवका झकिझकाउ मञ्चमा उहाँलाई प्रत्यक्ष हेर्न÷सुन्न नै पाइने छ । केबल स्वजनका स्मृति र आफ्ना सिर्जनामा निरा बाँचिरहनुहुनेछ ।
हेर्नुहोस् भिडियो
Tags:
News