रोजगारीका लागि पोल्याण्ड पुगेको ३ महिनामै उर्लाबारी मंगलबारेका युवाले यसरी गुमाए ज्यान

रोजगारीका लागि करिब ३ महिनाअघि मात्र पोल्याण्ड पुगेका मोरङको उर्लाबारी नगरपालिका वडा नम्बर ३ मंगलबारे स्थायी बसोबास रहेका गोविन्द न्यौपानेको सवारी दुर्घटनामा परी ज्यान गएको छ ।

न्यौपानेको सोचचजेवमा सवारी दुर्घटनामा परी असामयिक निधन भएको गैरआवासीय नेपाली संघ पोल्याण्डले जनाएको छ । गैरआवासीय नेपाली संघ पोल्याण्डले सामाजिक सञ्जालमा घटनाको बारेमा पोष्ट गर्दै यस्तो जानकारी दिइएको हो ।

मृतक न्यौपानेको(विहिबार)पोल्याण्डमै अन्तेष्टिको तयारी थालिएको मृतकका काका डिल्ली न्यौपानेले जानकारी दिए ।

Post a Comment

Previous Post Next Post