
पोखरा । दुबईबाट छुट्टीमा घर फर्किंदै थिए, पोखरा–३०, खुँदीका ४५ वर्षीय नवराज तिमिल्सिना । सोही विमानमा उनी दुर्घटनामा परे ।
उनका आफन्त दुई दिनदेखि अस्पतालमा शव कुरेर बसेका छन् । उनका ज्वाइँ प्रशान्त आचार्य अस्पताल प्रशासनको ढिलाइले शव बुझ्न नपाएको गुनासो गर्छन् ।
मृतक नवराजका बाबुआमा पनि निराश छन् । चार वर्षीय छोरा काखमा लिएर आएकी श्रीमती बोल्न सक्ने अवस्थामै छैनन् । त्यस्तै, पोखरा खुँदीकै धनबहादुर गुरुङ पनि चिन्तित छन् ।
उनका ४३ वर्षीय श्रीमती जीवनकला र ४० वर्षीय भाइ पूर्णबहादुरले विमान दुर्घटनामा ज्यान गुमाएका छन् । भाउजूको उपचार गर्न भाइ पूर्णबहादुर गत २६ पुसमा काठमाडौं गएर यतीकै विमानमा फर्किंदै थिए ।
हेर्नुहोस् भिडियो&nbslp;
Tags:
News