बस र ट्रक ठोक्किँदा १७ जना घाइते, २ जनाको अवस्था गम्भीर

पूर्वी नवलपरासी — महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीवासमा बस र ट्रक ठोक्किँदा २० जना यात्रु घाइते भएका छन् । ती मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ ।

पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो।

बागलुङबाट भैरहवाका लागि छुटेको लु१ख ४६७० नम्बरको बस र पश्चिमबाट छुटेको लु२ख ८९३ नम्बरको ट्रक एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकले बताए।

पूर्व पश्चिम राजमार्गअन्तर्गत जिल्लाको विनयी त्रिवेणी गाउँपालिका–१ विनयी खोला नजिक आज बिहान ५ बजे बस र ट्रक एकापसमा ठोक्किएको थियो

Post a Comment

Previous Post Next Post