
मोटरसाइकल दुर्घटनामा परी घाईते भएका ट्राफिक प्रहरी सहायक हवल्दार शशीकान्त चौरसियाको उपचारका क्रममा निधन भएको छ ।
पथलैयास्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयमा कार्यरत चौरसियाको उपचारको क्रममा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा निधन भएको हो ।
चौरसिया मंसिर १० गते मोटरसाईकल दुर्घटनामा परेका थिए । कार्यालयबाट वीरगंज तर्फ जाने क्रममा चौरसियाले चलाएको मोटरसाईकल दुर्घटनामा परेको थियो । दुर्घटनामा परी घाईते भएका चौरसियाको उपचारकाे क्रममा मंगलबार नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाण्डौमा निधन भएको ट्राफिक प्रहरी कार्यालय पथलैया बाराका प्रहरी उपरीक्षक नामजीराज गुरुङले जानकारी दिए ।
यो पनि: भारतमा चट्याङ लागेर ९०७ जनाको मृत्यु, नयाँ दिल्ली÷ भारतले यस वर्ष गर्मीको लहर र चट्याङ जस्ता चरम मौसमी घटनाहरूमा ठूलो उछाल देखेको छ । चरम मौसमी घटनामा भएका मृत्यु तीन वर्ष यताकै उच्च बिन्दुमा पुगेको सरकारी तथ्यांकले देखाएको छ ।
बढ्दो मृत्युमा वैज्ञानिकहरूले जलवायु परिवर्तनलाई दोष दिएका छन् । चट््याङका कारण भारतमा यो वर्ष ९०७ जनाको मृत्यु भएको छ ।
यस वर्ष गत महिनासम्म गर्मीको लहर र चट्याङ जस्ता घटनाका कारण २ हजार १८३ जनाको मृत्यु भएको छ । यो संख्या सन् २०१९ (३,०१७ जनाको मृत्यु पछिको उच्च हो । भारतमा यो वर्ष भएका मृत्यु मध्ये ७८ प्रतिशत मृत्युमा चट्याङ, बाढी र भारी वर्षा जिम्मेवार रहेको तथ्यांकले देखाएको छ ।