जिल्ला न्यायाधीशले बलात्कार गरेको भन्दै उजुरी गरे पछि ....

कपिलवस्तु जिल्ला अदालतका १ जना न्यायाधीशमाथि बलात्कारको आरोप लागेको छ। वर्षौंसम्म वन्धक बनाएर राखेर महिलामाथि यौन शोषण गरेको आरोप उनीमाथि लागेको हो।

उक्त आरोपको उजुरी परेपछि राष्ट्रिय मानव अधिकार आयोगले छानबिन थालेको छ। आयोगकी सदस्य लिलि थापाले आयोगमा परेको उजुरीमा थप अनुसन्धान अघि बढाइएको र त्यसका लागि जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र न्याय परिषद्‌लाई पत्र लेखिएको बताइन्।

पीडित महिला’ले १ साताअघि मानव अधिकार आयोगमा उजुरी दिएकी थिइन्। ती न्यायाधीशले आफूलाई बन्धक बनाएर राख्ने गरेको, जुन अदालतमा सरुवा भयो त्यहीँ लैजाने अनि यौन शोषण गर्ने गरेको पीडित महिलाले उजुरीमा उल्लेख गरेकी छन्।

यसअघि आफूले पटक–पटक प्रहरीमा उजुरी दिने प्रयास गर्दा सफल नभएको पनि महिलाले जनाएकी छन्। आफू ५ वर्षदेखि यौन शोषणमा परेको र पटक–पटक गर्भपतन समेत गराएको उनले उजुरीमा उल्लेख गरेकी छन्।

ती न्यायाधीशसँग आफू २०७५ सालदेखि सम्बन्धमा रहेको र सुरुका वर्षहरुमा श्रीमती बनाउँछ भन्दै माया पनि गरेको, तर पछिल्लो समय यौन शोषण गर्ने अनि महिला हिंसा गर्ने गरेको उजुरीमा दाबी गरिएको छ। ती महिलाले यसअघि राष्ट्रिय महिला आयोगमा पनि उजुरी दिएकी थिइन्।

Post a Comment

Previous Post Next Post