आमाले छोरामाथि खुकुरी प्रहार, गरे पछि ...

जिल्लाको ईन्द्रावती गाउपालिका-५ मा आमाले छोरालाई खुकुरी प्रहार गरेकी छन् । मंगलबार बेलुका १० बजेतिर सुर्यकोटडुडे भन्ने स्थानमा आफ्नै छोरामाथि आमाले खुकुरी प्रहार गरेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले दिएको जानकारी अनुसार मादक पदार्थ सेवन गरेकी ६९ वर्षीया चन्द्र कुमारी भुजेलले आफ्नो ४५ वर्षीय छोरा अम्बर बहादुर भुजेललाई सुतिरहेको अवस्थामा शरिरको विभिन्न भागमा खुकुरी प्रहार गरेकी हुन् ।

घाइते भएका भुजेलको दुवै आँखाको माथिल्लो भाग, देब्रेहात,अनुहार र दाहिने कान माथि चोट लागेको छ । उनलाई प्रारम्भिक उपचारको लागि प्राथमिक अस्पताल नवलपुर लगिएको थप उपचारको लागि काठमाडौं ल्याइएको छ । 

अहिले उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले चन्द्र कुमारी भुजेललाई नियन्त्रणमा लिएको छ ।

Post a Comment

Previous Post Next Post