
कञ्चनपुरमा आफ्नै १० बर्षीय छोरीको बलात्कार गरेको आरोपमा बुबा पक्राउ परेका छन । मंगलबार राति नाबालिका छोरी बलात्कारको आरोपमा दोधाराचाँदनी नगरपालिकाका २७ वर्षीय बुबा पक्राउ परेका हुन्।
घरपरिवारबाटै बालिकालाई बलात्कारको उजुरी आएपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीमाथी थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।बालिकाकी आमाले दोस्रो विवाह गरेपछि उनी हजुरआमासँग बस्दै आएकी थिइन्।
Tags:
News