
बझाङको जयपृथ्वी नगरपालिका कोटेली ५ निवासी सशस्त्र प्रहरी सुवासचन्द्र रतेलाको स्कूल बसको ठक्करबाट ज्यान गएको छ।
२९ वर्षीय रतेलाको काठमाडौँको कीर्तिपुर नगरपालिका वडा नम्बर ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मूल सडकमा ज्यान गएको हो ।बल्खुबाट चोभारतर्फ गइरहेको इण्डियन मोडर्न स्कूलको ना।१क १६१२ नम्बरको बसले रतेलालाई ठक्कर दिएको थियो ।
उनको बयोधा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । रतेला सशस्त्र प्रहरी केन्द्रीय कार्यालय हलचोकमा कार्यरत थिए ।उनले चलाएको मोटरसाइकललाई ठक्कर दिएको थियो । बस चालक मनजित सिंहलाई महानगरीय प्रहरी वृत्त कीर्तिपुरले नियन्त्रणमा लिएको छ ।
Tags:
News