पतिको कुटपिटबाट दुई वर्षीया छोरीको मृत्यु, पत्‍नी घाइते

३५ वर्षीय युवकले सोमबार राति दुई वर्षीया छोरी हत्या गरेका छन् ।

उनले  २१ वर्षीयाश्रीमतीलाई समेत कुटपिट गरी घाइते बनाएका छन् । घाइते श्रीमतिको   अस्पतालमा उपचार भइरहेको छ ।

मादक पदार्थ सेवन गरेका  र उनकी श्रीमती बीच विवाद भएको थियो । सोही विवादको विषयलाई लिएर उनले श्रीमतीमाथि आक्रमण गरेका थिए 

अनुसार आक्रमण गर्न थालेपछि छोरी लिएर भाग्न खोजेकी श्रीमतीबाट उनले छोरी खोसेका थिए । श्रीमती भने भाग्न सफल भइन् । पछि स्थानीय र प्रहरी पुग्दा छोरी मृत अवस्थामा भेटिएकी थिइन् ।प्रहरीले अभियुक्तलाई नियन्त्रणमा लिन दुई घन्टा लागेको थियो ।

खुकुरी बोकेर घरभित्रबाट सबैलाई आक्रमणको प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिन कठिन भएको थियो । उनी आफैंले आफैंलाई समेत टाउकोमा काटेर घाइते भएका छन् ।

अभियुक्तको समेत  सामुदायिक अस्पतालमै उपचार भइरहेको जिल्ला प्रहरीका प्रहरी निरीक्षकले बताए ।

अभियुक्त  चार वर्षअघि जर्बजस्ती करणी उद्योगको मुद्दामा परी केही समय कारागारमा बसेका थिए । अभियुक्त र उनकी श्रीमती दुवै घाइते भएकोले थप कुरा आउन केही समय लाग्ने प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Post a Comment

Previous Post Next Post