
सुनसरीको बरहाक्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बराहक्षेत्र नगरपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । ४ जना घाईते भएका छन् ।
मृत्यु हुनेमा को १७ प ६९४४ नम्बरको मोटरसाईकल चालक बेलबारी नगरपालिका–२ का ३५ वर्षीय हर्क बहादुर राई रहेको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।
प्रदेश १–०२–०४३ प १७१, को ३८प ९२१० र को १७ प ६९४४ नम्बरको मोटरसाईकलहरु आपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घाईते भएका बराहक्षेत्र–१ का ३३ वर्षीय रंजित कार्की, ३५ वर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा–२ का ३८ वर्षीय हेमचन्द्र गुरागाई र २६ वर्षीय इन्दिरा गुरुङको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ ।
घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।