
दोलखा — दुई महिनादेखि बेपत्ता दोलखाका एक किशोर मृत अवस्थामा फेला परेका छन् । भीमेश्वर नगरपालिका-१ जिल्ला पानीघाटका १४ वर्षीय अविरल उप्रेती मृत फेला परेका हुन् गत असोज २७ गतेबाट मावली घरबाट साथीहरूसँग भेट्ने भन्दै निस्केका थिए ।
बेपत्ता उप्रेतीको शव आइतबार भीमेश्वर-१ सुस्पाक्षमावतीको तोरीबारी ट्यांकी छेउमा फेला परेको प्रहरीले जनाएको छ ।
उप्रेती परिवार हाल सुस्पाक्षमावतीस्थित मावलीमा बस्दै आएका थिए । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।