झापा, मेचीनगर १० स्थित धुलाबारी बजारमा सिटी रिक्सा पल्टिँदा चालकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र १–०१–००२ ह ७६५ नम्बरको सिटी रिक्सा सोमबार बिहान साढे पाँच बजे अनियन्त्रित भइ पल्टिँदा चालक मेचीनगर–९ बस्ने ४७ वर्षीय बद्रीबहादुर बस्नेतको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनावाट टाउकोमा चोट गम्भीर चोट लागेका बस्नेतलाई उपचारका लागि बिएन्डसी अस्पताल लगिएको तर तत्कालै चिकित्सकले मृत घोषणा गरेको पारिवारिक श्रोतले जनाएको छ ।