हार्दिक श्रद्धाञ्जली कठै आफ्नै छोराले यसरी गरे आमाको हत्या ...

मैंवाखोला गाउापालिका–५ फाकुम्वाका एक युवकले आफ्नै आमाको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार ३३ वर्षीय डिल्लीकुमार लिम्बूले आमा धनमाया लिम्बूको धारिलो हतियार (बाम्फोक) प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।


अभियुक्त डिल्लीकुमारलाई बाम्फोकसहित प्रहरीले नियन्त्रणमा लिएको र आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक एवं सूचना अधिकारी कुशराम कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार हत्याको कारण भने खुलेको छैन । सोमबार बिहान साढे १० बजे हत्या भए पनि स्थानीयले मध्याह्न १२ बजे सााघु प्रहरी चौकीमा खबर गरेका थिए ।

Post a Comment

Previous Post Next Post