जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु, ५ घाइते

मुगुको सोरु गाउँपालिकामा भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । अरु ५ जना घाइते छन् । सोरुकोटदेखि गमगढीतर्फ जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न सिपपहिरो नजिकै सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

जिपमा सवार ९ जना यात्रुमध्ये २ जनाको घटनास्थलै मृत्यु भएको र २ जनाको सिप हेल्थपोष्टमा उपचारका क्रममा मृत्यु भएको तारापानी प्रहरी चौकी इन्चार्ज रमानन्द उपाध्यायले बताए ।

दुर्घटनामा ५ जना घाइते छन् । मृतकको नाम भने खुल्न सकेको छैन । जिप दुर्घटनामा घाइते हुनेमा सोरु गाउँपालिका–५ नेर गाउँका लोकजन नेपाली, गोबिन्द शाही वडा नं–२ का दिनेश लावड छन् ।अरु २ जना घाइतेको पहिचान नभएको तारापानी प्रहरी चौकीले जनाएको छ ।

तारापानी प्रहरी चौकी र स्थानीयले घाइतेको उद्धार गरेका छन् । जिप दुर्घटनामा घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल ठिनी लैजान जिल्ला प्रहरी कार्यालयले २ वटा एम्बुलेन्स घटनास्थलमा पठाएको छ ।

Post a Comment

Previous Post Next Post