
सिक्किममा हिम पहिरोमा परि मिती २०७९ चैत्र २१ गतेका दिन ३ नेपाली र ४ जना भारतीय नागरिकसहित ७ जनाको मृत्यु भएको छ। साथै ३ नेपालीसहित १३ जना घाइते भएका थिए । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ।
चितवनका शिवप्रसाद लामिछाने र २२ वर्षकी आशिका ढकाल तथा रूपन्देहीकी २९ वर्षीया मुना शाह श्रेष्ठको मृत्यु भएको हो। स्व. आशिका ढकाल दाहाल शहिद स्मृती बहुमुखी क्याम्पस बि.एड. प्रथम वर्षमा अध्यनरत थिइन् ।
उनी सिक्किम भ्रमण गर्ने क्रममा हिम पहिरोमा परेकी थिइन्साथै नेपालका ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा घाइते भएका छन्। उनीहरू घुम्न त्यहाँ पुगेका थिए।
मंगलबार मध्याह्न गान्तोक-नाथुला जेएनएम सडकमा हिउँ पहिरो गएको थियो।हिउँ पहिरोमा करिब ५ सय पर्यटक फसेका थिए। सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले घटनाबाट आफू दुखी भएको उल्लेख गरेका छन्। उनले घाइतेहरूको सरकारले उपचार गर्ने पनि बताएका छन्।
काठमाडौं । कल्पना गर्नुहोस् तपाईँ भारतमा ज्यालादारी मजदुरी गर्नुहुन्छ। तपाईँलाई एक दिनका लागि बलिवुड सिनेमामा अतिरिक्त कलाकारको रूपमा काम गर्ने प्रस्ताव आउँछ।
तपाईँको भूमिका चाहिँ, तोकिएको एटीएममा जाने र केही रकम निकाल्ने।सन् २०१८ मा भारतको महाराष्ट्र राज्यका केही पुरुषले आफूहरूले चलचित्रमा अभिनय गर्ने अवसर पाएको ठानेका थिए। तर वास्तवमा उनीहरू एक महत्त्वाकाङ्क्षी ब्याङ्क लुट्ने योजनामा पैसा सङ्कलन गर्ने प्रयोजनका लागि ठगिएका थिए।
सन् २०१८ को एक सप्ताहान्तमा पुणेमा मुख्यालय रहेको कसमस को-अपरेटिभ ब्याङ्कमा आक्रमण भएको थियो।शनिवार दिउँसोको समय ब्याङ्कको प्रधान कार्यालयका कर्मचारीहरूलाई अचानक चेतावनी पूर्ण सन्देशहरू आउन थाले।
ती सन्देशहरू संयुक्त राज्य अमेरिकाको कार्ड भुक्तानी गर्ने कम्पनी भिसाका थिए जसमा विभिन्न एटीएमहरू मार्फत् कसमस ब्याङ्कको कार्ड प्रयोग गरेर ठूलो रकम निकाल्न खोजिएको र त्यो शङ्कास्पद देखिएको चेतावनी दिइएको थियो।र जब कसमसका कर्मचारीले ब्याङ्कको प्रणालीहरू जाँच गरे त्यहाँ कुनै असामान्य कारोबार भएको पाएनन्।
करिब आधा घण्टापछि सुरक्षा नीति अपनाउँदै कसमस ब्याङ्कले भिसालाई आफ्ना सम्पूर्ण कार्डहरूबाट कारोबार रोक्ने अधिकार दियो। तर त्यस उपाय अपनाउन ढिलो हुँदा ठूलो मूल्य चुकाउनु पर्यो।
भोलिपल्ट, भिसाले सन्दिग्ध कारोबारको पूर्ण सूची कसमसको मुख्य कार्यालयसँग साझा गर्यो: संसारभरका विभिन्न एटीएमहरूबाट छुट्टाछुट्टै करिब १२,००० पटक पैसा निकालिएको देखियो।ब्याङ्कले करिब एक करोड ४० लाख अमेरिकी डलर गुमाइसकेको थियो। ।