सम्बन्ध विच्छेद पछि पुन:मिलन बबिता बानियाँ(जेरि)र शंकर क्षेत्रीको।

लोक गायिका बबिता बानियाँ ‘जेरी’ र गायक शंकर क्षेत्री सम्बन्ध विच्छेद भएको पाँच महिनापछि संगै सांगीतिक सहकार्य भएको छ ।

छायांकन भइरहेको एक गीतमा यी दुईले स्वर दिएका छन् । भिडियो मा दुवैले मोडलिङ समेत गरेका छन् ।कालोपुलको एक ब्यांकेटमा लाइ भदोहोरी शैलीको गीतको छायांकन भइरहेको छ । गीतको शब्द जेरीले लेखेकी हुन् भने गायनमा शंकर र उनको सहकार्य छ ।

कात्तिक २४,गते काठमाडौं जिल्ला अदालतमा यी दुईको सम्बन्ध विच्छेद भएको थियो ।डिभोर्सपछि मुख नहेर्ने, देखी नसहने र नराम्रो बोल्ने परिपाटीको अपवादको रुपमा हामी आएका छौं,’ छायांकन सेटमा भेटिएका शंकरले भने, लामो समयपछि काम गर्यौँ । कामको हिसाबले रमाइलो भयो । गल्तीबाट सबैले सिक्नुपर्छ ।

व्यक्तिगत जीवन जे जस्तो भएपनि सांगीतिक सहकार्य हुने शंकरले बताए । उहाँले अफर गर्नुभयो हामी काममा आयौं उनले भने । पुनः मिल्न सक्ने सम्भावनाबारेका प्रश्न शंकरलार्ई सोधिएको थियो । उनले डिप्लोम्याटिक जवाफ दिंदै सांगीतिक सहकार्य चाहिं हुन सक्ने बताए ।

बच्चाको कारण बेलाबेलामा भेट भइरहने पनि उनले खुलाए । चार वर्षअघि विवाह बन्धनमा बाँधिएका गोरखाकी जेरी र नेपालगञ्जका शंकरको छोरी छिन् । केहि महिना अघि सम्बन्ध विच्छेद हुदा छोरी जेरीसँग रहने र चाहेको बेलामा बुबाले छोरीलाई भेट्न सक्ने गरी समझदारी पनि भएको थियो

Post a Comment

Previous Post Next Post