
दोहोरी गायक तथा कलाकार शंकर क्षेत्रीले दोहोरी गायिका बबिता बाँनिया उर्फ जेरीसँगको सम्बन्ध विच्छेदपछिजीवनको नयाँ अध्याय सुुर गर्ने गरेका छन । जेरीसँग सम्बन्ध विच्छेदपश्चात उनले नयाँ सम्बन्ध जोडेका छन ।
अर्को विवाहको बाटो खुला गर्न नै शंकरले जेरीलाई चाँडोभन्दा चाँडो पन्छाउन चाहेको आशंकासमेत गरिएको थियो । शंकर केही समयदेखि एक युवतीसँग नजिक रहेका थिए ।ती हुन भाइरल टेलरवाली निशा ।
बुधबार निशा र शंकर विवाह बन्धनमा बाँधिएका छन ।पहिले जुनकिरी रोदी क्लवमा नै काम गर्ने निराकै कारण जेरी र शंकरको सम्बन्धमा दरार आएको हुनसक्ने पनि अनुमान थियो । यद्यपि, शंकर भने यसलाई खण्डन गर्छन् । आफूहरुको विचार नमिलेका कारण नै आपसी सहमतिमा सम्बन्ध विच्छेद रगरेको उनको भनाइ छ ।
शंकर अहिले सामाजिक सञ्जालमा निकै नकारात्मक प्रतिक्रियाहरुको सामना गरिरहेका छन् । धेरैले शंकरलाई जेरीकै बलमा हिट भएर अहिले उनैलाई ला’त हानेको भन्दै गा’लीग’लौज गरिरहेका छन् ।तर, जेरीले भने आफूहरु दुवैले एक-अर्कालाई करिअरमा सघाएको भन्दै शंकरलाई गा’ली नगर्न अपिल गरेकी थिइन् ।
जे होस, जेरीकै सफलताको राप तापेर शंकर दोहोरी क्षेत्रमा स्थापित भएको चाहिँ धेरै हदसम्म सत्य हो । खासमा उनलाई यस क्षेत्रमा भित्र्याएकै जेरीले हो । शंकर दुबईमा वैदेशिक रोजगारीमा थिए ।
त्यही वेला एक साथीमार्फत जेरीसँग अनलाइनमा उनको चिनजान भएको थियो । अनलाइनबाटै ल’भ परेको थियो । त्यसपछि नेपालमै बसेर केही गरौं भन्ने जेरीको आग्रहमा उनी दुबईबाट नेपालमा आएका हुन् । ३ वर्षको भिसामा दुबई गएका शंकर २२ महिनापछि नेपाल फर्किएका थिए ।शंकर नेपाल फर्किँदा जेरी पनि संघर्षशील नै थिइन् ।
इन्द्रेणीमा दोहोरी गाएर जेरी हिट भइन् । नेपालकै प्रतिभाशाली दोहोरी कलाकारमा उनको नाम आउँछ । जेरीसँग दोहोरी गाएर शंकर पनि चिनिए ।विवाहको ६ महिनापछि नै पहिलो सन्तानका रुपमा उनीहरुलाई पुत्रीलाभ भएको थियो ।
हेर्नुहोस् भिडियो