शंकर शेत्री र निशा रनपलले विवाह गरेको झु’ट के हो वास्तविक हेर्नुहोस्

बुधबार मात्र बिहे गरेको भनेर केही युटुब च्यानलमा अन्तरवर्ता दिएका दोहोरी गायक शंकर क्षेत्री र भाइरल टेलरवाली गायिका निशा रनपलले आफुँहरुले वास्तविक रुपमा विवाह नगरेको खुलाएका छन ।

यतिमात्र हैन उनीहरूले विवाहको पहिरन लगाएर लाइभ दोहोरी समेत गाएका छन । यसबाट प्रस्ट के बुझ्न सकिन्छ भने उनीहरूले युटुब च्यानलमा भ्युज बढाएर छोटो नाम र दाम कमाउन लागि परेका हुन ।फेसबुक मार्फत स्टाटस लेख्दै गायिका निशा रनापाललले लेखेकी छिन, नमस्कार सबै जना मा ।

हिजो मात्र अबलोड भएको लाइभ दोहोरि लाई लिएर धेरै ले रियल होकि भन्नु भाको छ तर यो एउटा सुटिङमा मात्र सिमित हो। सङ्करदाइ मेरो आदर्णिय दाइ हुनु हुन्छ । सबै जना ले सुटिङकै रुप मा हेरिदिनु होला है । हजुर हरुको सधै मायाको आशा गरेकि छु । गल्ति भए माफि चाहान्छु ।

उनीहरूले छोटो समयमा चर्चा कमाउन उनीहरूले यस्तो प्रोपोगन्डा मचाएको मानिसहरुले खण्डन गरेका छन । समय समयमा विभिन्न कलाकारहरुले यस्तो झुट प्रोपोगन्डा मचाइरहन्छन ।

यसअघि अर्थात आजभन्दा करिव तीन महिनाअघि शंकर क्षेत्रीले चर्चीत दोहोरी गायिका बबिता बनिया “जेरी” संग सम्बन्ध विच्छेद गरेका थिए । उनीहरूको सन्तान्को रुपमा एउटि छोरी समेत रहेकि छिन ।उनीहरूले आपसी सहमजदारीमै अलग हुन चाहेको पनि बताएका थिए ।

Post a Comment

Previous Post Next Post