
समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन ।
श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।
आजको घटना पनि श्रीमानश्रीमतीकै मनमुटाबबाट सिर्जीत एकदमै दु:खद एवम जटिल बिषयमा रहेको छ । कैलालीमा श्रीमतीलाई नाठोसँग छिमेकीले रङ्गेहात पक्रेपछी ६ महिनाअघि मात्र बिदेश गएका श्रीमानले उतै आत्महत्या गरेका छन । रातको आठ बजेतिर एकजना पुरुष साईकल बाहिरै छोडेर उक्त महिलाको कोठामा सरासर पसेर ढोकाको चुकुल लगाएको प्रत्यक्षदर्शी छिमेकीले बताए ।
घरमा सासुससुरा कोहि पनि नभएको मौका छोपी नाठो आएको गाउँलेको भनाई छ । फोनमा कुराकानी गरेर योजनाबद्ध तरिकाले नाठो आएको सबैको अनुमान छ ।
गाउँकै एकजना बृद्धले उनको घर र बाबुको नाम सोध्दा उक्त पुरुषले गणेशपुर बताएको तर बाबुको नाम भने नबताएको बृद्धले बताए । गाउँलेहरुले श्रीमतीलाई उक्त पुरुषसँग यसअघि पनि कैयौंपटक सँगै भेटेका रहेछन ।
श्रीमतीलाई छरछिमेकिले नसम्झाएका पनि हैनन तर उनले कसैको कुरा नसुनेकी रहिछिन । श्रीमतीको बारम्बारको यस्तो कर्तुत श्रीमानसमक्ष पुगेपछी बिदेशमा भएका श्रीमानलाई पनि सहिनसक्नु भएछ र अन्ततः उनले आत्महत्याको बाटो रोजे । सँगै हिड्नेडुल्ने र खाने गरेका रहेछन नाठो र उक्त महिला तर सबैलाई भने भिनाजु भनेर चिनाउने गरेकी रहिछिन श्रीमतीले ।
श्रीमतीले भने एकदमै सोचेभन्दा निकै भिन्न बयान दिएकीछिन । घटनाको भएको दिन ८ बजेसम्म उनी श्रीमानसँगै फोनमा बोलेकी रहिछिन ।
छिमेकीले त्यस्तो हल्ला बिदेशसम्म पुर्याईदिएपछि उनले श्रीमानलाई सम्झाउन कैयौं प्रयास गरिन तर श्रीमानले आफ्नो कुरा सुन्दै नसुनेको उनले बताईन । आफू मेडीकल टेस्ट गर्नसम्म तयार रहेको श्रीमतीले बताईन ।
घटना भएको दिन उनका भिनाजु घरमा आएका रहेछन ।भिनाजु श्रीमतीको फोन आएपछि फोन बोल्न जाँदा एक्कासि उनिमाथी निर्घात कुटपिट भएको उनले बताईन ।
उनका श्रीमानले छोरी जन्मीसकेपछि घरैमा दुईपटक सुसाईड गर्न खोजेको उनकी दिदिले बताईन । सम्झाउँदा सम्झाउँदा पनि ज्वाईले नमानेर अन्ततः आत्महत्याकै बाटो रोजेको उनकी दिदिले बताईन ।
बाँकी हेर्नुस तलको भिडियोमा