
पाल्पामा एकदमै दु:खद एवम डरलाग्दो घटना घटेको छ । एकै गाउँका ६ जना महिला एकै चिहान भएपछि यतिबेला पुरै गाउँ शोकमग्न भएको छ ।
एकै घरका तिनजना घटनामा पर्दा १८ जना घाईते भएका छन । रातको नौ बजे घटेको घटनामा परी ६ जनाको मृत्यु हुँदा तिनजनाको शब भने बिहानमात्र निकालियो ।रुपन्देही जिल्लाको सालझण्डीबाट पाल्पाको रैनादेबी
छहरा गाउँपालिका वडा नम्बर ८ को खुर्साने भन्ने स्थानको लागि छुटेको गाडी खुर्साने पुग्नुभन्दा केहि मिटरअगाडि दुर्घटनामा परेको छ । घाईतेहरुको भने यतिबेला लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ ।मृतक परिवार र स्थानियको बयान सुन्दा दुनियाँको आङ्गै सिरिङ्ग भएको छ ।
एक पिडित महिलाको सासू पर्ने महिलाको पनि घटनामा परी मृत्यु भएको रहेछ । अनुहार पनि केही नचिनिने गरि मृत्यु भएको र कम्मरमाथिको भाग केही पनि सहि सलामत नरहेको बताउँदै भक्कानो छाडेर रुईन उनि ।
एक प्रत्यक्षदर्शीका अनुसार घाईतेहरुको तत्काल उद्धार भएको र तिनजना महिलाको लाछ बेग्लै भएतापनि तीनजनाको शब भने गाडीले च्यापेको अबस्थामा थियो । दुर्घटनामा परेको बस पनि अहिले भने मेसिनको प्रयोगमा बल्लतल्ल बाहिर निकालिएको छ ।
बाँकी हेर्नुस तलको भिडियोमा