
अर्घाखाँचीमा एक महिलाले घाँटी थिचेर श्रीमानकाे हत्या गरेकाे अाराेपमा पक्राउ परेकी छन् । अर्घाखाँची छत्रदेव गाउँपालिका–१, चिदिका तुमचौरकी लक्ष्मी नेपालीले कम्मरमा बाँधेको पटुका निकालेर श्रीमानको घाँटी थिचेर हत्या गरेकी प्रहरीले जनाएकाे छ ।
उनका श्रीमान बलबहादुर संग घरायसी झगडा हुँदा बलबहादुरले श्रीमतीलाई कुटपिट गरेकाे र रिशकाे झाेकमा श्रीमानकाे हत्या गरी घरको दोस्रो तलाको दलिनमा झुन्डाएर आफ्नो श्रीमानलाई मारेको बयान दिएकी छिन्।
Tags:
News