
पछिल्लो समय श्रीमान र श्रीमतीबिचको मनमुटाब, असमझदारी र बेमेलका कारण समाजमा अनेकौ बिकृतीहरु फैलिरहेका छन ।
श्रीमती र छोराछोरीको बिचल्ली बनाएर अर्कै महिला लिएर फरार हुने श्रीमान र छोराछोरी र श्रीमानको बिचल्ली बनाएर अर्कै पुरुषसँग भाग्ने श्रीमतीको कुनै कमि छैन हाम्रो नेपाली समाजमा ।केही दिन अगाडिको मात्रकुरा हो रामचन्द्र वाईबा नाम गरेका पुरुष आफुले प्रेम बिबाह गरेकि श्रीमती दुर्गा कुमारी वाईबाको खोजी गर्दै मिडियामा आएका थिए ।
बिबाह गरेको १३ बर्ष भैसक्दा पनि कहिल्यै सम्बन्धमा दरार आएको थिएन तर अचानक बिदेश गएपछि यसरी श्रीमती एकाएक गायब भएको बताउँदै गुनासाहरु ब्यक्त गर्दै उनी मिडियामा आएका थिए ।
जब रामचन्द्र वैदेशिक रोजगारीको लागि ३ बर्ष साउदी गए तब श्रीमतीको ब्यबहारमा एकाएक अनेकौं परिबर्तन देखिन थालेको रामचन्द्रको भनाई थियो । १७ बर्षको कलिलो उमेरमा प्रेम बिबाह गरेका थिए रामचन्द्रले तर आज उनै श्रीमतीले अर्कै पुरुषको गर्भ बोकेको खबर सुन्दा आफु मरितुल्य भएको उनको भनाई थियो ।
यसैक्रममा आज भने पछिल्लो ३८ सम्पर्कबिहिन रहेकी दुर्गा सम्पर्कमा आएकीछिन । दुर्गाले भने आफ्नो पेटमा गर्भ रहेको भन्ने कुरा सरासर गलत रहेको बताएकीछिन । उनले कसम खाएर नै परपुरुषको गर्भ नबोकेको बताईन र टेस्ट गर्नसम्म तयार रहेको बताईन ।
आफू रातदिन टर्चरमा बाँच्न नसक्ने र आफ्नै तरिकाले बाँच्न चाहने उनले बताईन ।यसैगरी रामचन्द्रले ३ बर्षपछी छोरालाई भेट्दा डाँको छाडेर रुएका छन । यसरी बाबुछोराको भेट हुँदा चलेको रुवाबासीले सबैको मन रुवाएको छ । कठै ३ ३ बर्षपछी छोरालाई भेट्दा छोरा भन्दा सानो बालक झै भक्कानो छाडेर अँगालो हालेर रुए रामचन्द्र ।
बाँकी हेर्नुस तलको भिडियोमा