मेरी बास्सैका चर्चित पात्र काजी बा बिरामीको थलाबाट निको भएर सिरियल खेल्नमा फर्किए (हेर्नुहोस्)

बिरामी भएका कारण दुई महिनासम्म मेरि बास्सैमा अभिनय गर्न नसकेका कलाकार रामचन्द्र अधिकारी (बाजी बा…) अभिनयमा फर्किएका छन् । उनी ७८४ औं भागबाट फेरी मेरि बास्सैमा फर्किएका हुन् ।

सिरियलका अन्य कलाकारले छायांकनमा पुग्दा फूलमालाले स्वागत गर्दै दीर्घायुको कामना समेत गरेका थिए । उक्त दृश्य इपिसोडमा पनि देखिन्छ ।

सिरियलका निर्देशक दिवाकर भण्डारी (सापटि काका)का अनुसार अब नियमित रुपमा कलाकार रामचन्द्रलाई मेरिबास्सैमा देख्न सकिनेछ । उनले उहाँ पुर्णरुपमा स्वस्थ भएर छायांकनमा आउनुभएको बताएका छन् ।

साथै निर्देशक भण्डारीले रामचन्द्र अधिकारी नभएको एपिसोडको समयमा बडाकाजीको भूमिकामा भित्रिनुभएका कलाकार मुकुन्द श्रेष्ठको पनि नियमित रुपमा अभिनय रहने जानकारी गराए । तर मातृशोकको कारण मुकुन्द श्रेष्ठ पनि केही एपिसोडमा देखिनेछैनन् ।

Post a Comment

Previous Post Next Post