ज;लेको कपाल र क;पडाहरु भेटियो हे र्नै नसकीने पुष्पा जलेको ठाउँमा पुग्दा… हे भगवान ( हेर्नुहोस भिडियो )

काठमाण्डौ २२ मंगसिर । अहिले सामाजिक संजाल जताततै पुस्पाको घटना भईरल भएको छ, बिस्तारै जल्नुको रहस्य कारणहरु खुल्दै छन्,करिब १० महिनाअघि धुम्बाराहीका सुधन संग्रौला दरबारमार्गस्थित केल्मीको सोरुम छिरे ।चीनमा बस्दै आएका सुधन र केल्मी सोरुमका सञ्चालक उत्तम न्यौपानेबीच राम्रै चिनजान थियो ।

सोरुममा बसिरहेकी पुष्पा न्यौपानेसँग सुधनको आँखा जुध्यो । पारिवारिक चिनजान भएकाले सुधन र पुष्पाबीच सजिलै परिचय भयो । सुधनले केही समयमा फेसबुकमा पुष्पालाई रिक्वेस्ट पठाए । पुष्पाले एक्सेप्ट गरिन् । दुईबीच कुराकानी बढ्दै गयो । प्रेमिल गफहरु सुरु हुन थाले । सुधनले एक दिन पुष्पालाई भेट्ने प्रस्ताव गरे ।

काका उत्तमसँग राम्रै चिनजान भएकाले सुधनलाई पुष्पाले कुरा राख्न सुझाव दिइन् ।काकाको अनुमतीबिना आफू बाहिर निस्कन नमिल्ने उनको कुरा थियो ।‘केटा राम्रै भएकाले मैले ओके भनिदिएँ’उत्तम भन्छन् । यी दुई भेट्न थालेको केही समयमा न्यौपाने र संग्रौला परिवारबीच आवतजावत नै सुरु हुन थालेको थियो। उनीहरु चाँडै विवाह बन्धनमा बाँ’धिने तयारीमा जुटे ।

दुवैजना व्यवसायमा भएकाले घरमा पनि आउजाउ हुन थाल्यो । ‘विजनेस नै गरिरहेको केटो, दुवै जनाले विवाह गर्छौं भनेपछि मञ्जुरी जनाएका थियौं’, मृ’ तककी काका उत्तम न्यौपाने भन्छन्, ‘सबैको मञ्जुरीमा १८ भदौ २०७९ मा बुद्धनगरस्थित घरमा टिकाटालो गरेका थियौं ।

त्यसयपछि सुधन, पुपाको घरमा आउने जाने गरिरहन्थे । पुष्पा पनि धुम्बाराहीस्थित सुदनको घरमा गइराख्थिन् । तर विवाह भइसकेको थिएन । बरु इन्गेजमेन्ट भएको केही समयबाटै उनीहरुबीच खटपट सुरु भएको पाइएको छ ।पुष्पा इंगेजमेन्टको तस्वीर सामाजिक सञ्जालमा राख्न चाहन्थिन्, भिडियोहरु सुदनलाई मेन्सन गरेर पोष्ट गर्न चाहन्थिन् ।

आइतबार साँझ पुष्पालाई केटाको परिवारले सामान लिन बोलाएको र र त्यही घर अगाडी नै पुष्पा २० मिनेटसम्म जलिरहेपनि उनीहरुको परिवारले नबचाएको आरोप आफन्तले लगाएका छन् । पछि प्रहरी आएर उनको उद्धार गरी त्रिवि शिक्षण अस्पताल पुर्‍याएको थियो।

त्यहाँबाट कीर्तिपुरस्थित बर्न अस्पतालमा रिफर गरिएको थियो। त्यहाँ उपचारको क्रममा सोमबार बिहान सवा ९ बजे उनको मृत्यु भएको हो। प्रहरीले भने पुष्पाले आफै आफ्नो शरीरमा पेट्रोल छर्केको बताएको छ ।

पुष्पा दरबारमार्गस्थित केल्मी नेपालको शोरूममा काम गर्थिन्। उनीसँग इन्गेजमेन्ट गर्ने केटाको न्युरोडमा पसल छ। कोरोना महामारीअघि उनी चीनमा बस्थे। दरबारमार्गमा रहेको केल्मी नेपालको शो रूममा जाँदा पुष्पासँग उनको चिनजान भएको थियो।

हेर्नुहोस् भिडियो 

Post a Comment

Previous Post Next Post