रबी लामिछानेलाई पुर्वपत्नी ईशाले लेखिन भावुक पत्र….

मनारवि लामिछानेलाई पूर्वपत्नी ईशाले दिईन चौथो सम्बन्धका लागि शुभकामना !काठमाडौ । आफ्नो निजी जीवनका कुराहरु कुनै दिन सार्वजनिक चर्चाका विषय बन्लान् भन्ने मैले कल्पना नै गरेकी थिइनँ । मैले मिडियामा आउन चाहेकी पनि थिइनँ । म त डिभोर्सपछि चुपचाप अमेरिका फर्किएकी हुँ ।

तर, रवि लामिछानेजीको स्टाटस र अन्तरवार्ता पढिसकेपछि आफ्नो तर्फबाट केही कुरा प्रष्ट पार्नुपर्ने आवश्यकता महसुस गरेकी छु ।किनकि, मलाई उहाँका प्रशंसकबाट धेरै गालीगौलचका म्यासेजहरु आएका छन् । धेरैले मलाई नै दोषी देखिरहेका छन् ।रविजीले अन्तरवा र्तामा मलाई ‘डिप्रेसनको रोगी’ बताउनुभएको छ ।

सत्य हो, मैले लामो समय डिप्रेसनको औषधी खानुपर्‍यो । तर, म के कारणले डिप्रेसनमा परेँ त ? उहाँकै कारणले होइन ? आफ्नो श्रीमानले बाहिर १० जनासित सम्वन्ध राखेर अवैध सन्तानसमेत जन्माउँदा कुन श्रीमती डिप्रेसन मा पर्दिन होला ? धन्न मैले छोरीहरुको मुख हेरेर आत्मह ’त्या गरिनँ ।हाम्रो प्रेम विवाह हो 

।तर, विवाहपछि मैले उहाँबाट आफूले चाहेको/कल्पेको प्रेमको अनुभूति गर्न सकिनँ । वैवाहिक सम्वन्धको महत्व श्रीमानभन्दा श्रीमतीलाई बेसी हुन्छ ।वैवाहिक सम्वन्ध तोडिँदा पुरुषले त सजिलै अर्को घर बसाउन सक्ला, तर महिलाले अनेक लान्छना खेप्नुपर्छ । उसलाई समाजले राम्रो दृष्टिकोणले हेर्दैन ।

छोराछोरीहरुलाई त्यसको असर पर्छ । त्यसैले रविजीबाट वर्षौंंसम्म तिरस्कार झेलेर पनि म हाम्रो सम्वन्धको संरक्ष णमा नै दत्तचित्त रहेँ ।म सुरुदेखिको कुरा गर्छु । झर्को नमा निदिनुहोला ।०५१ साल मंसिर ११ गते हाम्रो बिहे भएको हो । मेरो घरमा आएर सामान्य सिन्दुरपोते गर्नुभएको थियो । एउटै स्कुलबाट एसएलसी पास गरेलगत्तै बिहे गर्दा दुबै टीनएजर थियौं ।

बिहे गर्दा उहाँ पढ्दै हुनुहुन्थ्यो । पारिवारिक दायित्व आएपछि काम गर्न थाल्नुभयो । उहाँलाई पत्रकारितामा रुची थियो । एफएममा काम गर्न थालेपछि लोकपि्रय ता पनि कमाउनु भयो । त्यसपछि टेलिभिजनमा हास्य कार्यक्रम पनि चलाउनुभयो ।स्मार्ट र प्रतिभाशाली हुनु हुन्थ्यो ।

चलाख पनि ।एफएममा काम गर्न थालेदेखि उहाँको लोकपि्रयता बढिरहेको थियो । खासगरी केटीहरु उहाँको आवाज र व्यक्तित्वका प्रशंसक थिए । केटीहरुका चिठी धेरै आउँथे । फोन पनि आउँथे । कुनै-कुनै चिठीले त मेरो मनमा चिसो पस्थ्यो । आखिर उमेरले पनि कच्चै त थिएँ ।बिहेलगत्तै म गर्भवती भएँ । १९ वर्षमै जेठी छोरी जन्माएँ ।

त्यसपछि मेरो पढाइ अघि बढ्न सकेन । रविजी पनि पढाइ छोडेर करिअरमै फोकस हुनुभयो ।बिहेको केही वर्षपछि रविजीको दाइहरुसँग खटपट पर्‍यो । एकजना दाइ पनि सञ्चारकर्मी भएकाले उछिनपाछिन भयो होला । अरु कारण भने जान्दिनँ । मलाई भने दाइहरुले केही नराम्रो गर्नुभएको होइन ।दाजुभाइको मनमुटाब बढ्दै गएपछि हामी छुट्टएिर बस्यौं । बानेश्वरमा मासिक ८/९ सय रुपैयाँको एउटा कोठा लिएर केही समय गुजारा गरियो ।

रविजीको राम्रो हुँदै गएपछि केही समयपछि हाँडीगाउँमा ३ कोठाको फ्ल्याट लियौं । रविजी दिनभरि बाहिरै हुनुहुन्थ्यो । म घरमा छोरी स्याहारेर बस्थेँ ।रविजी आफ्नो प्रोफेसन प्रति पहिलेदेखि नै डेडिकेटेड हुनुहुन्थ्यो । उहाँको प्राथमिक तामा पहिलो नम्बरमा काम, दोस्रोमा साथीभाइ र तेस्रोमा मात्रै परिवार आउँथ्यो ।

हरेक श्रीमतीले आफ्नो श्रीमानसित बढीभन्दा बढी समय बिताउन चाहन्छे । श्रीमानले घरको काम र बच्चाको हेरचाहमा साथ देओस् भन्ने चाहन्छे । म पनि चाहन्थेँ ।तर, उहाँ परिवारका लागि समय निकाल्न सक्नुहुन्थेन । फुर्सदको समयमा पनि परिवारसँगभन्दा साथीभाइसँग रमाउनुहुन्थ्यो । चाडबाडको समयमा परिवारसँग कमै बस्नुहुन्थ्यो । दशैंमा म र छोरीलाई टीका टाँसिदिएर निस्किहाल्नुहुन्थ्यो ।

Post a Comment

Previous Post Next Post