
बुटवलको सोह्र छत्तीस कुलोको किनारमा एक महिलाको शव फेला परेको छ।अन्दाजी ३५ वर्षीया महिलाको शव बुधबार बिहान १६ छत्तीस कुलोमा तैरिरहेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
बुटवल उपमहानगरपालिका वडा नं. ९ र वडा नं. ११ को बीच भएर बग्ने उक्त कुलोमा भेटिएको शव रातीको समयमा कसैले ल्याएर फालेको हुनसक्ने प्रहरीले जनाएको छ।
कुलोमा मानिसलाई बगाउने र डुब्ने समेत पानी नभएकोले उक्त शव कुलोले बगाएर ल्याएको नभई कसैले ल्याएर फालेको हुन सक्ने प्रहरीले जनाएको छ।
बुधबार बिहान स्थानीयले कुलोको किनारमा शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए।प्रहरीले बिहानै कुलोबाट शव निकाली पोष्टमर्टमको लागि लुम्बिनी प्रादेशिक अस्पताल लगेको जनाएको छ।उक्त शवको पहिचान भने भइनसकेको र अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
Tags:
News