एक हप्ताको शिशु हजुरबाले नै बिक्री गरे पछी...


झापा बुद्धशान्तिकी एक युवती बेसहारा छिन् । उनी अर्कैको घरमा बसेर ‘प्लस टु’ पढ्दै थिइन् । अचानक उनको महिनावारी रोकियो । पहिले पनि महिनावारी नियमित थिएन । लामो समय महिनावारी रोकिएपछि छरछिमेकले सोधीखोजी गरे ।

शङ्का लागेको केटोलाई केटीको अगाडि केही सम्बन्ध छ कि भनेर सोध्दा केटाले अस्वीकार गर्यो । त्यसपछि युवतीले उक्त युवासँग मोबाइलमा भएका म्यासेजहरु छिमेकीलाई देखाइन् । छिमेकीले केरकार गरेपछि केटाले आफूले सम्बन्ध राखेको स्वीकार गरे । त्यसपछि युवती गर्भवती भएको शङ्का लागेर चेकजाँच गर्दा ८ महिनाको गर्भ रहेको थाहा भयो ।

त्यसपछि ती युवतीसँग सामान्य टीकाटालो गरेर छिमेकी केटालाई गाउँलेले युवती जिम्मा लगाए । तर, केटाको परिवारले भने आठ महिनाको बच्चा भएको थाहा पाइसक्दा पनि युवतीलाई गर्भपतन गर्न दबाब दिइरहे ।एक महिनापछि ती युवतीले छोरी जन्माइन् । तर, बच्चाको रेखदेख भएन । बरु बच्चा बिक्रीको प्रपञ्च रचियो ।

उक्त बच्चालाई सिक्किमको एक प्रधानको घरमा भारतीय रुपैयाँ २ हजार ५ सयमा बिक्री गरेको स्रोतको दाबी छ । यो घटना झापा, बुद्धशान्ति–३ मा बसोबास गर्ने पुरन भट्टराई र बुद्धशान्ति–२ मा अर्काको घरमा बस्दै आएकी एक युवतीबिचको हो । पीडित युवती भर्खरै वर्षले १८ पुगिन् ।

Post a Comment

Previous Post Next Post