
तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा भीरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट–५ माथिल्लो बगन्दीका ७७ वर्षीय आशबहादुर गुरुङ रहेको जिल्ला प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सोमबार आफन्तको छेवरमा गएका गुरुङ घर नफर्किएपछि खोजतलास गर्ने क्रममा मंगलबार बिहान करिब ७ बजे सोही ठाउँको साउने पानीको भीरबाट करिब २ सय मिटर तल खसेर मृत्यु भएको अवस्थामा फेला परेका थिए । उक्त घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
Tags:
News