कैलालीको सामुदायिक वनमा एक पुरुष मृत अवस्थामा फेला

कैलालीको सामुदायिक वनमा एक पुरुष मृत फेला परेका छन्।घोडाघोडी नगरपालिका–१ लक्ष्मीपुरका ७३ वर्षीय गंगाधर गौतम मृत फेला परेको प्रहरीले जनाएको हो।

उनी मंगलबार दिउँसो सोही ठाउँमा रहेको शिवशक्ति सामुदायिक वनमा मृत फेला परेको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो।

Post a Comment

Previous Post Next Post