
उपचार नपाएर मृत्यु भएका दार्चुलाका १७ बर्षिय निराजन साउँदको परिवारको लागी आर्थिक सहयोग संकलन गरि हस्तान्तरण गरिएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका ५ बरमुडे चुवाद घर भएका साउँदको आर्थिक अभावका कारण उपचार नपाएर मृत्यु भएको थियो ।
घरको जेठो छोरा रहेका उनी १२ बर्षको उमेरदेखि भारतमा मजदुरी गर्दै आएका थिए । केही समय अगाडी घर आएका उनी एक्कासी बिरामी परेर थलिएका थिए ।
घरको आर्थिक अवस्था कमजोर हुँदा समयमा उपचार नपाउँदा छोराको मृत्यु भएको निराजनका बुवा मदन साउँदले बताए ।साउँदको किरिया गर्नका लागी समेत आर्थिक अभाव
देखिएपछि सहयोग संकलन अभियान थालिएको थियो ।अभियानबाट संकलित १ लाख ६५ हजार एक औपचारिक कार्यक्रम आयोजना गरि मृतकको परिवारलाई हस्तान्तरण गरिएको कार्यक्रममा सञ्चालक समेत रहेका नेपाल विद्यार्थी संघ दार्चुलाका सहसचिव कृष्ण सिह रावलले बताए ।
जसमा नजिकको साथी मिडिया प्रालीका सञ्चालक तथा समाजसेवी अर्जुन बहादुर बिष्टले सबैभन्दा धेरै १० हजार सहयोग गरेका छन् ।
साउँदको मृत्युभएपछि नेपालमा स्थानिय महेश डांगा र हरक रावल तथा भारतमा करबिर डागा र प्रेम साउँदले आर्थिक संकलन अभियान सञ्चालन गरेका थिए । मृतक साउँदका ४ जना भाई बहिनि रहेका छन् । उनीहरुमध्ये पनि एक बहिनि अपांग रहेको बताईएको छ ।
अहिलेसम्म उनको अपांगता परिचयपत्र नहुँदा अपांगता भत्ता पाउनबाट समेत वञ्चित रहेकोमा वडा कार्यालयले अहिले अपांगता परिचय पत्र बनाई दिएर भत्ताका लागी प्रकृया अगाडी बढाएको समेत बताईएको छ ।
मृतक साउँदको परिवारका लागी जिल्लामा अहिलेसम्मकै धेरै रकम संकलन भएको भन्दै मृतकका बुवाले देश बिदेशबाट सहयोग गर्ने सम्पुर्णमा धन्यवाद ब्यक्त गरेका छन् । दशैको मुखैमा दशा लागेको परिवालाई केही मात्रामा भएपनि संकलित रकमले राहत पुगेको छ ।