पहिरोको लेदोमा पुरिएर बाबुछोरा बेपत्ता

दाेलखाको विगु गाउँपालिका-७ तीनपातेमा खहरे खोला तर्ने क्रममा पहिरोको लेदाेमा पुरिएर २ जना बेपत्ता भएका छन् ।

आइतबार मध्याह्न मगर गाउँ नजिकैको जंगलमा निगुरो टिप्न गएका विगु ७ का बाबुछाेरा निगुरो टिपेर फर्कँदै गर्दा तीनपातेको खहरे तर्ने क्रममा माथिबाट आएको पहिरोको लेदोले पुरिएर बेपत्ता भएको वडा अध्यक्ष दिलबहादुर श्रेष्ठले बताए ।

निगुरो टिपेर फर्केका तीन जनामध्ये बेपत्ता हुनेमा साेही वडाका ३६ वर्षीय निम्दोर्जे शेर्पा र उनका १२ वर्षीय छाेरा पासाङ शेर्पा रहेका छन् ।

अर्का एक जना भने खोलाबाट बाहिर निस्कन सफल भएका छन् ।निरन्तरको वर्षाका कारण खहरेमा आएको बाढीसँगै पहिरोको लेदो पनि आएको थियो । खोलामा बेपत्ता भएका बाबुछोराको अहिले प्रहरीले खाेजी गरिरहेको जनाएको छ । साथै स्थानीयहरूले पनि खोजी गरिरहेको वडा अध्यक्ष श्रेष्ठले बताए ।

Post a Comment

Previous Post Next Post