
बाँकेको खजुरा गाउँपालिका–७ स्थित जेठी नालामा पौडी खेल्न गएका किशोर तीन दिनपछि मृतावस्थामा भेटिएका छन् ।
जेठी नालामा पौडी खेल्न गएका खजुरा गाउँपालिका–६ सिमलघारी निवासी १५ वर्षीय विकास सुनार बुधबार अपराह्न ४ बजेतिर बेपत्ता भएका थिए ।
बेपत्ता भएको स्थानबाट करिब दुई सय मिटर तल रहेको पीवीसी इटाभट्टा नजिक नालामा सुनारको शव फेला परेको खजुरा इलाका प्रहरी कार्यालय धनौलीका प्रहरी निरीक्षक सन्दीप बेल्वासेले बताए ।
बेपत्ता सुनारको शव धनौली इलाका प्रहरी कार्यालयबाट खटिएको सुरक्षाकर्मीको टोलीसहित रहेका स्थानीय गोपाल तामाङले नालाबाट निकालेका थिए ।
Tags:
News