खोला किनारमा एक बालिका मृत अवस्थामा फेला


जिल्लाको परशुराम नगरपालिकामा पर्ने रंगुन खोलाको किनारमा एक बालिका मृत फेला परेकी छन् ।परशुराम नगरपालिका वडा नम्बर १२ आमपानि बस्ने मोहन राउटेकी १४ बर्षिया छोरी अमृता राउटे बुधबार मृत फेला परेकी हुन्।

हिजो मंगलबार दिउँसो घरबाट माछा मार्न भनि खोला तिर गएकी अमृता अबेर सम्म घर नआएपछी खोजि गर्दा उनि आज विहान मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रमुख गंगा दत्त बडुले बताएका छन्।’ बालिकाको लुगा भिजेको छ । मुखबाट फिज आएको छ बडुले भने’।घटनाको बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Post a Comment

Previous Post Next Post