रोकी राखेको ट्रकमा आगो लागे पछि ....


रुपन्देहीको बुटवल उपमहानगपालिका–१० कालिकानगरमा रोकिराखेको ट्रकमा आगो लागलागी भएको छ ।

कालिकानगरस्थित कालिका पेट्रोल पम्प अगाडि रोकिराखेको प्रदेश २– ०३–१११ ख २५११ नम्बरको ट्रकमा सोमबार दिउँसो एक्कासी आगो लागेको हो ।

चालक र सहचालकले ट्रक रोकेर भित्रै खाना पकाउने क्रममा आगो लागेको प्रहरीले जनाएको छ । ट्रकमा लागेको आगो स्थानीय र सडकका यात्रीको सहयोगमा निभाइएको थियो ।

आगलागीले मानवीय क्षति भने भएको छैन । यसअघि रोकिराखेका ट्रकभित्रै खाना पकाउने क्रममा आगलागीका घटना बाहिरिएका थिए।


Post a Comment

Previous Post Next Post