हार्दिक श्रद्धाञ्जली कठै छोरीलाई जन्म दिएर छोरीको मुख पनि हेर्न नपाई संसारबाट बिदा भइन् सिर्जना


हुने हार दैव नटार । मनमोहन अस्पतालमा प्रसुतिका लागि भर्ना भएकी झापा बिर्तामोड १ की सिर्जना संग्रौला सदाका लागि धरतीबाट बिदा भएकी छन् ।

शल्यक्रिया सफल भए पनि प्रेसर बढेर ब्रेन ह्यामरेज भएपछि सिर्जना कहिल्यै नफर्किने बाटोमा गएकी हुन् ।नौ महिना आफ्नै पेटमा खेलेको नवजात शिशुको अनुहार समेत राम्रोसँग हेर्न नपाई सिर्जनाको इहलीला समाप्त भएको छ ।

आफन्तका अनुसार चिकित्सकीय लापरवाहीका कारण सिर्जनाको ज्यान गएको हो ।

उनको मृत्युको घटनाले घर परिवार, छिमेकी र आफन्त शोकमा डुवेका छन्।बुधवार अपरान्ह बिर्तासिटी अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । सघन उपचार कक्षमा चिन्ताजनक अवस्थामा उनको उपचार भइरहेको थियो ।

सिर्जनाको निधनपछि नवजात शिशु (छोरी) हुर्काउने गम्भीर र जटिल जिम्मेवारी परिवारमा छ । बुधवार साँझ जातिय परम्परा र संस्कृति अनुसार झापाको कनकाई माईमा सिर्जनाको अन्तिम दाह संस्कार गरिएको छ ।

अकल्पनीय घटनाको सामना गर्नु पर्दा उनको परिवार र माइती पक्ष विक्षिप्त भएको छ । साथीभाई सबै मलिन् छन् । दाह संस्कारमा सहभागी मलामीजनको मन पनि भक्कानिएको छ ।

Post a Comment

Previous Post Next Post