
सर्लाहीको लालबन्दीमा घरमा सुतिरहेको अवस्थामा सर्पले डस्दा एक महिलाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका-१० की ६० वर्षीया इन्द्रमाया श्रेष्ठलाई सर्पले डस्दा ज्यान गएको हो ।
श्रेष्ठ घरको ओछ्यानमा सुतिरहेको अवस्थामा दाहिने हातमा गोमन सर्पले डसेको थियो ।सर्पको डसाइबाट सख्त घाइते भएकी उनलाई परिवारजनले नवलपुरस्थित सर्पदंश उपचार केन्द्रमा पुर्याए पनि श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको प्रहरी उपरीक्षक नरेशराज सुवेदीले बताए ।
स्वास्थ्य कार्यालयसहित स्थानीय प्रशासनले वर्षाको समयमा सर्पको बिगबिगी हुने भएकाले घर वरिपरि सरसफाइ गर्न तथा राति सुत्दा झुल प्रयोग गरेर सुत्न आग्रह गर्दै आएको छ ।
Tags:
News