नदीमा डुबेर एक जना विद्यार्थीको मृत्यु

काठमाडौँस्थित एउटा निजी विद्यालयमा अध्ययनरत गुप्ता केही दिनअघि मात्र गाउँ फर्केका थिए । आज दिउँसो साढे १२ बजे गर्मी लागेर उनी साथीहरूसँग लालबकैया नदीमा नुहाउन पुगेका थिए। नुहाउन गएका छ जनामध्ये चार जना पानीमा डुब्दा तीन जना जसोतसो पानी बाट बाहिर आएका तर सोनु गुप्ता बेपता भएका थिए।

लगतै इलाका प्रहरी कार्यालय कटहरिया र सशस्त्र बेस क्याम्प दुधियाभारको संयुक्त टोलीले खोजतलास सुरु गरेको थियो। झन्डै चारघण्टा पछि अपराह्न ४ बजे नुहाउन गएका ठाउँबाट करिब चार सय मिटर तल पानीमा किशोर गुप्ता मृत अवस्थामा फेला परेको सई रामाछबेला यादवले बताएका छन्।


मृतक बालकको शव पोस्टमार्टम लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय कटहरियाले जनाएको छ। पछिल्लो दुई दिन देखि लालबकैया नदीमा बाढी आएको छ।

Post a Comment

Previous Post Next Post