बहिनीलाई ल्याइदिएको नयाँ बाइकमै दाइको मृत्यु भए पछी..!



ओए, मेरो दाइ आउँदै हुनुहुन्छ नि, अष्ट्रेलियाबाट!'


निच्च दाँत देखाउँदै कुसुमले भनी।


चार वर्षपछि आफ्नो दाइलाई भेट्न पाउने खबरले उसको खुसीको सीमा नै थिएन।


त्यसबेला पाचौँ सेमेस्टरको परीक्षा चलिरहेको थियो। दुई दिन बिदापछि अर्को परीक्षा हुँदै थियो।


'के गरूँ, के गरूँ भाको छ! काठमाडौं गएर दाइलाई भेट्न मन छ फेरि आउने परिक्षा पनि गाह्रो छ!'


न्याउरो मुख बनाउँदै उसले भनी!


जा न त, के हुन्छ र ! दुई दिन बिदा छँदैछ क्यारे, अलि अलि उता पढ, बाँकी फर्किएपछि पढ! प्लेनमा जाने होला! 


मैले उसको द्विविधा तोड्न खोजेँ।


'अँ, जे होला होला, म दाइलाई भेट्न जान्छु। एकदमै भेट्न मन पनि छ। फेरि एक महिनामै दाइ फर्किनुहुन्छ। पछि प्राक्टिकल सुरू हुन्छ। भेट नभई दाइ अष्ट्रेलिया फर्किहाल्नु हुन्छ !' त्यही साँझ फ्लाइटमा ऊ काठमाडौँ गई। दाइलाई भेटि र परीक्षाको अघिल्लो दिन नै घर फर्की।


'कस्तो रमाइलो भयो!'


मिठो मुस्कान दिँदै उसले भनी। ऊ एकदमै खुसी थिई। यसरी नै दिनहरू बित्दै गए। परीक्षा सकियो। प्राक्टिकल परीक्षा सुरू भयो।


पहिलो प्राक्टिकल परीक्षा दिएर म ओछ्यानमा पल्टिदै थिएँ। पल्लो ओछ्यानबाट मित्र कृष्णले बोलायो।


'ओए, बास्केटबल खेल्न जाम!'


भोलिपल्ट दोश्रो प्राक्टिकल परीक्षा थियो। केही पढेकी थिइन, जाम कि नजाम भयो। दोधारमा परेँ। खेल्न निस्किएँ।  


बास्केटबल कोर्टमा कुसुम र मीरा हाम्रो प्रतिक्षामा बसिरहेका रहेछन्। कुसुम र कृष्ण एउटा टिममा अनि म र मीरा अर्को टिममा बाडियौं। त्यसपछि खेल सुरू भयो। 


'आइज आइज, बल खोस...'


मीरा, यता यता


'पास, पास ....छिटो के....'


चान्स पाउने बित्तिकै शुट गर्दि हाल्ने हो क्या....


'दामी, दामी...'


खेल चल्दै थियो। खेलबीचमा कुसुमको फोन बज्यो। फोनमा कुरा गरेपछि कुसुमको अनुहार धमिलिएको जस्तो भयो। तर मैले केही पनि बोलिनँ। खेल फेरि सुरू भयो।

ओए, मेरो दाइ आउँदै हुनुहुन्छ नि, अष्ट्रेलियाबाट!'


निच्च दाँत देखाउँदै कुसुमले भनी।


चार वर्षपछि आफ्नो दाइलाई भेट्न पाउने खबरले उसको खुसीको सीमा नै थिएन।


त्यसबेला पाचौँ सेमेस्टरको परीक्षा चलिरहेको थियो। दुई दिन बिदापछि अर्को परीक्षा हुँदै थियो।


'के गरूँ, के गरूँ भाको छ! काठमाडौं गएर दाइलाई भेट्न मन छ फेरि आउने परिक्षा पनि गाह्रो छ!'


न्याउरो मुख बनाउँदै उसले भनी!


जा न त, के हुन्छ र ! दुई दिन बिदा छँदैछ क्यारे, अलि अलि उता पढ, बाँकी फर्किएपछि पढ! प्लेनमा जाने होला! 


मैले उसको द्विविधा तोड्न खोजेँ।


'अँ, जे होला होला, म दाइलाई भेट्न जान्छु। एकदमै भेट्न मन पनि छ। फेरि एक महिनामै दाइ फर्किनुहुन्छ। पछि प्राक्टिकल सुरू हुन्छ। भेट नभई दाइ अष्ट्रेलिया फर्किहाल्नु हुन्छ !' 


त्यही साँझ फ्लाइटमा ऊ काठमाडौँ गई। दाइलाई भेटि र परीक्षाको अघिल्लो दिन नै घर फर्की।


'कस्तो रमाइलो भयो!'


मिठो मुस्कान दिँदै उसले भनी। ऊ एकदमै खुसी थिई। यसरी नै दिनहरू बित्दै गए। परीक्षा सकियो। प्राक्टिकल परीक्षा सुरू भयो।


पहिलो प्राक्टिकल परीक्षा दिएर म ओछ्यानमा पल्टिदै थिएँ। पल्लो ओछ्यानबाट मित्र कृष्णले बोलायो।ओए, बास्केटबल खेल्न जाम!'


भोलिपल्ट दोश्रो प्राक्टिकल परीक्षा थियो। केही पढेकी थिइन, जाम कि नजाम भयो। दोधारमा परेँ। खेल्न निस्किएँ।  


बास्केटबल कोर्टमा कुसुम र मीरा हाम्रो प्रतिक्षामा बसिरहेका रहेछन्। कुसुम र कृष्ण एउटा टिममा अनि म र मीरा अर्को टिममा बाडियौं। त्यसपछि खेल सुरू भयो। 


'आइज आइज, बल खोस...'


मीरा, यता यता


'पास, पास ....छिटो के....'


चान्स पाउने बित्तिकै शुट गर्दि हाल्ने हो क्या....


'दामी, दामी...'


खेल चल्दै थियो। खेलबीचमा कुसुमको फोन बज्यो। फोनमा कुरा गरेपछि कुसुमको अनुहार धमिलिएको जस्तो भयो। तर मैले केही पनि बोलिनँ। खेल फेरि सुरू भयो।


'वा वा ...खत्रा ...'


ल फेरि नि त्यस्तै शर्ट हान्न पर्छ, गुड...


'ऐया, हातमा लायो! बिस्तारै खेल न हौ!'


अँध्यारो हुन लागिसकेको थियो।


'अब त खाना खान जाम। नत्र ढिला हुन्छ के! तिमीहरूको होस्टेल हाम्रोभन्दा नि छिट्टै बन्द हुन्छ फेरि! जाम के अब!'


कुसुम र मीरातिर नजर फर्काउँदै मीराले भनी- जाम न त! 


कुसुमको अनुहार उदासीपनले पूरै ढाकिएको म स्पष्ट देख्न सक्थें । होस्टेलको गेटनिर पुगेपछि मेरो धैर्यताको डोरी चुँडियो। मैले सानो स्वरमा सोधेँ- के भयो तँलाई? मुड ठिक छैन त'


'घरबाट फोन आएको थियो! दाइको बाइक दुर्घटना भयो रे!'


उसको दाइ काठमाडौंबाट कञ्चनपुर फर्किसक्नु भएको रहेछ! दुर्घटनाको पूरा जानकारी त्यसबखत पाइएन। सामान्य नै होला भन्ने सोचियो! मीरा र कृष्णले पनि चिन्ता नलिन भने। 

बिहानको ५ बजे केही यात्रुहरू गाडीबाट झर्न थाले। यो देखेर शंकरले मलाई झक्झकाउँदै- 'सर, अगाडी खाली भयो। एक घण्टा जति भएपनि अगाडी गएर मस्त सुतम् अब।'


टाउको झोक्राएर निदाउन कोशिस गरिरहेको मैले शंकरको कुरा सुनेपछि खुसी हुँदै अगाडिको सिटतिर आफ्नो पाइला सारेँ। 


'आहा, कति मज्जाको सिट! कति फराकिलो र लचकदार', मेरा हड्डी हाँस्न थाल्यो। जिन्दगीको अहिलेसम्मको बसयात्रामा यो सबैभन्दा कठिन यात्रा थियो।

काठमाडौं पढ्दा दिनहुँ माइक्रोमा कच्याक-कुचुक पच्याक-पुचुक हुँदै वर्षौं यात्रा नगरेको पनि हैन तर पनि यो यात्रामा धेरै कठिनाइ भोग्न पर्यो।


'ओए,झर्ने हो अब उठ्! कि खलासीसँगै जान्छस्?', सुरेशले मेरो कुम हल्लाउँदै करायो। मैले मधुरो आवाज मात्र सुनिरहेको थिएँ।


'हँ हँ', भन्दै म उठेँ। शंकर नि उठ्यो। १ घण्टा जति मस्त सुतिएछ। 


आ-आफ्नो झोला हातमा लिएर सबै साथीहरू एकाएक गर्दै गाडीबाट झर्न थाले।


सुदूरपश्चिमको भूमीमा मैले पनि आफ्नो पहिलो कदम राखेँ।

Post a Comment

Previous Post Next Post