डडेल्धुरा जिल्लामा सारै दुःख को कुरा।परशुराम नगरपालिका वडा न. ८ जमरानी निवासी मिना लुहारले एम्बुलेन्स त परको कुरा एउटा स्टेचर समेत नपाएपछि स्थानीय हरुले राति पिठ्युँ मै बोकेर जोगबुडा अस्पताल लैजाँदा बाटो मै बच्चा जन्माएकी छिन् ।
आमाको लुगाले बच्चालाई छोपिएको थियो, उहाँको बच्चा हेर्न सिधा उभिन सक्ने अवस्था थिएन । हाम्रो जिउँमा अडेस लगाउँदै लामो सास लिनुभयो । एकछिन आँखा बन्द गरेर आराम गर्नुभयो ।
धेरै प्रश्नका बीच गाउँका एकजना नर्स दिदीले भन्नुभएको कुरा याद आयो – “गाउँमा हेल्थ पोष्टले बच्चा जन्माउनै पर्दैन, बाटोले नै जन्माउँछ ।” उहाँको कुरा बल्ल बुझ्दैछु ।
Tags:
News
