बासी भात दिएको भन्दै सौतेनी आमाको हत्या गरे पछि ..


आफ्नो सौतेनी आमालाई मारेको अभियोगमा धनुषा प्रहरीले एक भारतीय युवकलाई आज पक्राउ गरी सार्वजनिक गरेको छ ।सौतेनी आमाले बासी भात खान दिएको रिसमा काठको चिर्पट प्रहार गरी हत्या गरेको र शवलाई जलाएको आरोपमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४,

शिवनगर पथराईस्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने भारतीय नागरिक प्रेम भगतलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक गरेको हो ।भगत भारतको बेतिया जिल्ला, नरकटियागंज थाना, केयुनिया निवासी रहेको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार उनले आफ्नो सौनेती आमा ३९ वर्षीय मिरा देवी भगतको हत्या गरेको प्रहरीले जनाएको छ ।धनुषा प्रहरी प्रमुख विश्वराज खड्काका अनुसार घटना शनिबार भएको हो । मिरा देवीले बासी भात दिएपछि सौतेनी छोरा भगतले खान अस्वीकार गरेको, बरु होटलमा गएर खाना खान्छु भनेपछि विवाद भएको प्रहरीको भनाइ छ ।

विवादकै क्रममा मिरा देवीले भगतलाई हिर्काउन खोजेको र भगतले त्यही चिर्पट खोसेर हिर्काउँदा मिरा देवीको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यसपछि आत्तिएर भगतले मिरा देवीको शवमा आगो लगाएर जलाइदिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको खड्काले जनाए ।टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post