
धनगढी उपमहानगरपालिका–५ तारानगरमा एक महिलाले आत्महत्या गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालयले तारानगरमा डेरा गरी बस्ने गंगा भट्टले आफ्नै कोठामा झुण्डिएर आफ्नै कोठामा आत्महत्या गरेकी हुन् । आज बिहान करीव ५ बजे झुण्डिएको अवस्थामा भट्टलाई उद्दार गरी उनका पतिले अस्पताल पु¥याएका थिए । बेहोस अवस्थामा उद्दार गरी अस्पताल पु¥याईएकी भट्टलाई चिकित्सकले अस्पताल केही समयमै मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरको भीमदत्त नगरपालिका–९ स्थायी घर भएकी भट्ट पतिसंगै तारानगरमा डेरामा बस्दै आएकी थिईन । उनका पति धनगढीको एक रेष्टुरेण्टमा मेनेजरका रुपमा कार्यरत छन् । उनका दुई छोराछोरी छन् ।
पोष्टमार्टमपछि भट्टको शव परिवारजनलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
Tags:
News