बेथानचोकमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन घाइते


काभ्रेको बेथानचोक गाउँपालिका वडा नं ४ स्थित पार्टीखर्कमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । साथै अरु तीन जना घाइते छन्मृत्यु हुनेमा बेथानचोक गाउँपालिका वडा नं ४ 

पटगाउँका ४५ वर्षीय दल बहादुर लोप्चन रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए । उनको उपचारको क्रममा बनेपास्थित शिर मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।

अस्पतालले उनलाई ४ बजे बजे मृत घोषणा गरेको थियो ।शुक्रबार दिउँसो २:४५ बजे बेथानचोक गाउँपालिकाको वडा नं ४ स्थित पटगाउँबाट खोपासीतर्फ आउँदै गरेको बा १७ च ३०१७ नम्बरको बोलोरो दुर्घटना भएको हो ।

गाडीको ब्रेक फेल भई सडकबाट २ सय मिटर तल खसेर दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ ।

त्यस्तै दुर्घटनामा परी सवारी चालक बेथानचोक गाउँपालिका वडा नं ५ का श्रीराम खत्री, बेथानचोक गाउँपालिका वडा नं ४ का ४५ वर्षीय राजु ठकोर र ४० वर्षीय राम बहादुर स्याङतान घाइते भएको इलाका प्रहरी कार्यालय बनेपाले जनाएको छ । प्रहरीका अनुसार घाइतेहरुको शिर ममोरियल अस्पतालमा उपचार भइरहेको छ ।

Post a Comment

Previous Post Next Post