हार्दिक श्रद्धाञ्जली पहिरोले पुरिँदा एकै परिवारका ४ जनाको मृत्यु

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा रणबहादुर गुरूङको परिवार रहेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।

उनका अनुसार गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, १० वर्षका छोरा दिनेश गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको बरालले जानकारी दिए।

दुई सय मिटर माथिबाट पहिरो आएर घर बगाएर लगेछ। अहिलेसम्म बाबु, आमा, छोरीको शव फेला परिसकेको छ। छोराको शव फेला पर्न बाँकी रहेको छ,’ उनले भने, ‘पहिराले बलबहादुर गुरूङ र जहरसिंह गुरूङको घरमा पनि क्षति पुर्‍याएको छ।

ठूलो आवाजकासाथ पहिरो चल्न थालेपछि अरूले भागेर ज्यान जोगाउन सफल हुनुभएछ।’करिब दुई सय घरधुरी रहेको बस्तीमा पहिरो गएको उनले बताए। पहिरोबाट अरू घर पनि जोखिममा रहेको उनले बताए।

Post a Comment

Previous Post Next Post