खोलाले बगाउँदा बाबुको मृत्यु, छोरी बेपत्ता

गुल्मीमा खहरे खोलाले बताउँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।जिल्लाको मालिका गाउँपालिका-२ दर्लिङमा खहरेले स्थानीय ४१ बर्षीय लिलबहादुर घर्ती र उनकी ८

बर्षकी छोरी बिन्दुलाई शनिबार राति बगाएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक नवीनकिशोर प्रधानले जानकारी दिए।

लिलबहादुरको शव ८० मिटर तल भेटिएको छ भने छोरी बेपत्ता रहेको उनले बताए । बेपत्ताको खोजीका लागि जिल्ला प्रहरी कार्यालय, वामी प्रहरी चौकी र पौदी अमराइ प्रहरीचौकीबाट प्रहरी परिचालन गरिएको छ ।

Post a Comment

Previous Post Next Post