जेसिबि दुर्घटना हुँदा चालकको मृत्यु


जेसिबि सडकबाट करिब ३० मिटर तल खसेको आलिताल प्रहरी चौकीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।डडेल्धुरामा जेसिबी दुर्घटना भएको छ।

जिल्लाको आलिताल गाउँपालिकामा जेसिबी दुर्घटना भएको हो।दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु भएको छ। बझाङ घर भएका २५ वर्षीय कमलबहादुर बोहराको घटनास्थलमै मृत्यु भएको छ।

सुदूरपश्चिम प्रदेश ०१–००१–क १६८३ नम्बरको जेसिबि आलिताल गोदाम बजारबाट आलिताल–७ को दुधेखालीमा काम गर्न जाने क्रममा आलिताल–८ को कुर्जेनिको कपसे खोलामा दुर्घटना भएको हो।

Post a Comment

Previous Post Next Post