सुनकाे भाउ आज तोलामा पाँच सय रुपैयाँ सस्तो

काठमाण्डाै - सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ ।तोलामा आज सुनको भाउ १ लाख ९ हजार २ सय रुपैयाँ रहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो तोलामा १ लाख ९ हजार ७ सय रुपैयाँ थियो । चाँदीको भाउ भने दुई दिनदेखि घटबढ भएको छैन ।चाँदी आज पनि तोलाको १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Post a Comment

Previous Post Next Post