त्रिशुली नदीमा मोटरसाइकल खस्दा, श्रीमतीको मृत्यु–श्रीमान बेपत्ता

जिल्लाको इच्छाकामना गाउँपालिका ४ चुमखोलास्थित सडकमा मुग्लिङबाट धादिङतर्फ जाँदै गरेको ग १० प ८१११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई त्रिशुली नदीमा खसेको छ । नदीमा मोटरसाइकल खसेसँगै सवार धादिङ शिद्धलेक गाउँपालिका २ बस्ने ४१ वर्षीया शान्ती न्यौपानेको मृत्यु भएको छ ।

नदीमा मोटरसाइकल खसेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी कुरिनटार र इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शान्तीको शव फेला पारेको हो ।

साथै, बेपत्ता भएका मोटरसाइकल चालक मृतककै श्रीमान ४७ वर्षीय मेघ बहादुर न्यौपानेको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post