
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर सिंहका अनुसार बेलुकातिर खेतमा काम गरिरहेको अवस्थामा चट्याङ परेको थियो ।
उक्त चट्याङमा सँगै काम गरिरहेका एकै घरका तीन जना घाइते भएका थिए । घाइते अवस्थामा गोकुलेश्वर अस्पतालमा पुर्याएपछि घाइते भएका १५ वर्षीय नरेश खत्रीलाई डाक्टरले मृत्त घोषणा गरेको उनले बताए ।
शैल्यशिखर नगरपालिका–३ दार्माका मृतक खत्रीसँगै खेतमा काम गरिरहेका उनकी आमा अन्दाजी ३९ वर्षीया मिना खत्री र काका ३० वर्षीय कुमार खत्री समान्य घाइते भएका छन् । उनीहरूको अहिले गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
Tags:
News